aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मन्त्रिपरिषद् चार महिनादेखि अपुरो, मन्त्रालयको काम प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
मन्त्रिपरिषद् चार महिनादेखि अपुरो, मन्त्रालयको काम प्रभावित

काठमाडौं । एउटै पार्टीको स्पष्ट बहुमतप्राप्त वर्तमान सरकार विगत चार महिनादेखि अपुरो रहेको छ । चार महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय जस्तो महत्त्वपूर्ण निकाय दोहोरो मन्त्रीको भूमिकामा चलिरहेका छन् । 

दोहोरो भूमिका निर्वाह गरेका मन्त्रीले समय नदिँदा मन्त्रालयको काम कारबाही भने प्रभावित भएका छन् । 

मन्त्री नहुँदा मन्त्रालयको नियमित काममा समेत असर परेको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटा अडियो टेप प्रकरणमा विवादित भएपछि फागुन पहिलो साता राजीनामा दिएसँगै मन्त्रालय खाली छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्रालयको जिम्मा पनि अर्थमन्त्री डा. युवराज खतिवडालाई सुम्पिएका छन् ।

एउटै व्यक्तिले दोहोरो जिम्मेवारी निभाउनुपर्दा मन्त्रालयका काम कारबाही प्रभावहीन भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस