
पर्सा । वीरगंज महानगरपालिका-२४ रमगढवाबाट स्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी पन्टोका बस्ने ३६ वर्षीय प्रमोद कुमार र वीरगंज महानगरपालिका(२५ सिर्सिया बस्ने २८ वर्षीय सत्तोधन प्रसाद कलवार रहेका छन् ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना।५१ प २८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस