aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

इन्द्रचोकबाट तीन महिलासहित १० जुवाडे पक्राऊ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
इन्द्रचोकबाट तीन महिलासहित १० जुवाडे पक्राऊ

पोखरा । प्रहरीले कास्कीको पोखरा १० इन्द्रचोक स्थित जुवाखालबाट ३ महिला सहित १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, डेराकोठामा बस्ने १ व्यक्तिले सञ्चालन गरेको जुवाखालबाट प्रहरीले ४ बुक तास र १० हजार ७ सय रुपैयाँसहित १० जनालाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार, साँझ ५ बजे दिलबहादुर केसीको घरमा डेरामा बस्ने स्याङ्जा भिरकोट ७ का ५७ वर्षीय खड्कबहादुर पुनको कोठामा प्रहरीले छापा मारेको थियो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा पुन सहित ३१ वर्षीय सोभित गुरुङ, १८ वर्षीय दीपेश गुरुङ, ५५ वर्षीय दीपक गुरुङ, ५१ वर्षीय भिम गुरुङ, ५१ वर्षीय गणेश गुरुङ, ५२ वर्षीय प्रेमबहादुर गुरुङ छन् ।

त्यस्तै महिलाहरुमा २२ वर्षीय सम्झना गुरुङ, ५७ वर्षीय आइतीमाया गुरुङ र ४२ वर्षीय छिरिङ लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले उनीहरु सबैलाई हिरासतमा राखी जुवातास सम्बन्धी मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस