
पेरिस । विमान निर्माता कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्ने भएको छ । कोरोनाभाइरसको असरका कारण यो संख्यामा रोजगारी कटौती गर्न लागिएको हो । यसले संयुक्त अधिराज्यमा १ हजार ७०० र जर्मनी, स्पेन लगायतका अन्य क्षेत्रमा हजारौको संख्यामा रोजगारी कटौती गर्नेछ ।
एयरबसको यो घोषणा संयुक्त अधिराज्य एरोस्पेस क्षेत्रका बिरुद्ध अर्को बिनासकारी भएको द युनाईट युनियनले जनाएको छ ।
विश्वभरी रहेका करिब १ लाख ३४ हजार एयरबसका कर्मचारी मध्ये संयुक्त अधिराज्यमा यसको १० भागको १ भाग रहने छ ।
बेलायतको कटौती व्यापारिक प्रयोजनका विमानको रहेका छन् ।
यसको विस्तृत विवरणका बारेमा युनियनको वार्तापछि सप्ताहत्मा जानकारी गराइनेछ । यद्यपि १ हजार ११६ म्यानुफ्याक्चरिङ रोजगारी र ६११ कार्यालय आधारित रोजगारी आधारित कटौती हुनेछ । यसले एयरसबसको बेलायती रोजगारीमा १५ प्रतिशतको कटौती हुने छ । यी कटौती अनिवार्य रहेका छन् ।
कोभिड–१९ महामारी विमान उद्योगका लागि थोरै मात्र असरदार रहेको छ । अप्रिलको एक समयमा विश्वव्यापी हवाई यात्रामा ९० प्रतिशत भन्दा बढीको गिरावट आएको थियो । विमान नउडेको समयमा आम्दानी पनि हुदैन । यस्तो अवस्थामा पनि मर्मत र भाडा तथा कर्जा भुक्तानी गर्नुपर्ने हुन्छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस