aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ब्राजिलमा ८० लाख मानिसको रोजगारी गुम्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
ब्राजिलमा ८० लाख मानिसको रोजगारी गुम्यो

कोरोना भाइरस महामारीले ब्राजिलमा ८० लाख व्यक्तिले रोजगारी गुमाएका छन् । ब्राजिलि भूगोल तथा तथ्याङ्क विभागले मंगलबार दोस्रो त्रैमासिकको विवरण समेटिएको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा करीब ७८ लाख व्यक्ति रोजगारी गुमाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले ७८ लाख व्यक्तिले रोजगारी गुमाएकोमध्ये ५८ लाख व्यक्ति अनौपचारिक क्षेत्रमा कार्यरत रहेको उल्लेख गरेको छ । तथ्याङ्क विभागका अनुसार ब्राजिलमा बेरोजगारी दर ५० प्रतिशतभन्दा मुनि गएको यो पहिलो अवसर हो । सन् २०१२ देखि बेरोजगारीको अवस्था सम्मिलित अध्ययन समेत हुँदै आएको छ ।

ब्राजिलमा १४ वर्षभन्दा माथिको उमेरलाई काम गर्न सक्ने उमेर अन्तगर्त राखिएको छ । ब्राजिलमा करीब आठ करोड ५९ लाख व्यक्ति विभिन्न क्षेत्रमा कार्यरत छन् । गत् वर्षको अपेक्षा कार्यरत व्यक्ति ८.३ प्रतिशतले खुम्चिएको हो ।

अर्थविद्हरुले ब्राजिलमा आर्थिक वृद्धि दर ऐतिहासिक रुपमा ह्रासोन्मुख रहेको जनाएका छन् । ब्राजिलि केन्द्रीय बैंकले आर्थिक वृद्धि दर ६.४ प्रतिशतले घटने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले भने ९.१ प्रतिशतसम्म घटने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस