aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
औसतमा ४५ प्रतिशत

माथिल्लो तामाकोशीको लोभलाग्दो प्रगति !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
माथिल्लो तामाकोशीको लोभलाग्दो प्रगति !


काठमाडौं । चालु आर्थिक वर्षमा माथिल्लो तामाकोशी आयोजनाले शतप्रतिशत खर्च गरेको छ । निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी आयोजनले असार १७ गतेसम्म एक अर्ब रुपैयाँ नै खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको लागि सरकारले उक्त आयोजनाको लागि ऋण स्वरुप आयोजना निर्माणको लागि खर्च गरेको हो । 

सरकारले यस आर्थिक वर्षमा २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्य १८ वटा आयोजनालाई ८२ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको थियो । सो विनियोजित बजेटमध्य हालसम्म ३७ अर्ब ६८ करोड रुपैयाँमात्र खर्च भएको छ । औसतमा चालु आवको यो अवधिसम्म राष्ट्रिय गौरवका आयोजनहरूको खर्च ४५ प्रतिशतमात्र भएको छ । 

अन्य आयोजनको प्रगति टिढ लाग्दो भएपनि तामाकोशी आयोजनले भने लोभलाग्दो प्रगति गरेको छ । कतिपय आयोजनाले केही प्रगति गर्न खोजेपनि लक्षित प्रगतिसम्म पुग्न नसकेका तथ्यांक महालेखा नियन्त्रकको कार्यालयले देखाएको छ ।

राष्ट्रिय गौरबका आयोजनाको खर्चको विवरण हेर्दा बढी महत्वका आयोजनाको कम खर्च भएको छ । काठमाडौं–तराई मधेश फाष्ट ट्रयाक, मेलम्ची खानेपानी आयोजना, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, भेरी बबई डाइभसउन बहुउद्देश्यीय आयोजना, सिक्टा तथा बबई सिचाइँ आयोजना, रानी जमरा कुलेरिया पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायका आयोजनको प्रगति कम भएको छ । राष्ट्रिय अर्थतन्त्रमा खासै ठूलो योगदान नगर्ने तर धार्मिक तथा पर्यटकी हिसावले महत्व राख्ने आयोजनाको खर्च प्रगति अन्यको तुलनामा राम्रो देखिएको छ । 

१८ वटा आयोजनामध्य तामाकोशीमात्रै ८० प्रतिशतभन्दा बढी अर्थात शतप्रतिश खर्च गरको छ भने चार वटा आयोजनाले चालु आवमा लक्षित बजेटको ६० देखि ८० प्रतिशतको बीचमा खर्च गरेका छन् । त्यसैगरी ७ वटा आयोजनाको खर्च ४० देखि ६० प्रतिशतको बीचमा रहेको छ । अन्य आयोजनको खर्च भने सो भन्दा पनि कम रहेको छ । 

खर्चको विवरणले चालु आवको लक्षित खर्चमा बुढी गण्डकी आयोजनाको ६८ प्रतिशत खर्च गरेको छ । उक्त आयोजनको लागि सरकारले ७ अर्ब ८६ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको थियो । असार १७ गतेसम्म ५ अर्ब ४२ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ ।  

काठमाडौं–तराई मधेश फाष्ट ट्रयाकका लागि चालु आवमा ४ अर्ब ४६ करोड बजेट विनियोजन गरिएकोमा १ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । बबई सिंचाइँ आयोजनाले लक्ष्यको ७४ करोड ४२ लाख अर्थात लक्ष्यको ४९ प्रशितशमात्र खर्च भएको छ । मेलम्ची खानेपानी आयोजनको जम्मा २२ प्रतिशतमात्र खर्च भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निजगढ, बारामा जम्मा ३ प्रतिशतमात्र खर्च भएको छ । 


 

प्रतिक्रिया दिनुहोस