aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कार्यालय प्रमुखसहित चार जना घुससहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
कार्यालय प्रमुखसहित चार जना घुससहित पक्राउ

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार टोलीले मङ्गलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चार जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

दैलेखको भगवतीमाई गाउँपालिका­३ सानतडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरेबापत मल्ल र सब–इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग रु दुई लाख ४१ हजार १६ घुस मागेको अख्तियारले जनाएको छ । अख्तियारले मल्लका साथै सब–इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेसमेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

अख्तियार टोलीले इन्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सब—इन्जिनीयर चन्दलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएको हो । हिजो राति सदरमुकामस्थित मल्लको क्वाटरमा खानतलासी गर्दा सो रकम फेला परेको हो । अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले पक्राउ परेका चारै जनाको पिसिआर परीक्षण गरेर काठमाडौँ पठाउने जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस