
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया आजबाट पुनः शुरु भएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार भिसाको र करारको म्याद भएकालाई आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको छ। पुनः श्रम स्वीकृति खुले पनि नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् । श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । त्यही अनुसार कार्यालयले तयारी पनि गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो । बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुल्ला गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस