aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

ड्रोन उडाउने ४ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
ड्रोन उडाउने ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  उक्त मुद्दा संलग्नहरुलाई बिहीबार ११ बजे छुटिसेकका छन् । 

प्रतिक्रिया दिनुहोस