
काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आज साँझ ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग समसामयिक विषयमा परामर्श गरेका थिए । राष्ट्रपतिसँग छलफल गरेर आएपछि केहीबेर मात्रै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकपछि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक पनि शुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस