
नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बैठकले राष्ट्रपति विद्या भण्डारीसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।
गत ३० वैशाखदेखि सुरु भएको बजेट अधिवेशनको अन्त्यको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । बैठकले आजै साँझबाट अन्त्य अधिवेशन गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको समाचार प्राप्त भएको छ ।
प्रधानमन्त्री ओली आजै राष्ट्रपति भण्डारीलाई भेट्नको लागि शितल निवास पुगेका थिए । ओली शितल निवासमा गएको कारण नेकपाको स्थायी कमिटी बैठक ढिला सुरु भएको थियो । तर, ओली ढिला आएपछि उनको उपस्थितबीना बैठक संचालन भएको थियो ।
नेकपा स्थायी कमिटी बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ । एक स्थायी कमिटी सदस्यले भने, ‘केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ ।’
नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस