aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

स्वेडा र मिर्मिरे लघुवित्तको एकिकृत कारोबार हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
स्वेडा र मिर्मिरे लघुवित्तको एकिकृत कारोबार हुँदै

काठमाडौं । स्वेडा लघुवित्तलाई प्राप्ती गर्दै असार २१ गतेदेखि मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुने भएको छ । 

मिर्मिरेले बिहीवार सूचना जारी गर्दै असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने जानकारी दिएको हो । दुबै कम्पनीले प्राप्ती सम्बन्धी प्रस्ताव वैशाख १७ गतेको साधारण सभा मार्फत पारित गरेका हुन । मिर्मिरेले विशेष साधारण सभा मार्फत र स्वेडाले दोस्रो वार्षिक साधारण सभा मार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

नेपाल राष्ट्र बैंकबाट असार ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १७ गते प्राप्तीका लागि मिर्मिरेले अन्तिम स्वीकृति पाएको हो । 

प्राप्ती पश्चात केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका बडा नम्बर ८, बनेपाबजार, काभ्रेपलान्चोकमानै रहनेछ । हाल २५ जिल्ला कार्यक्षेत्र रहेको मिर्मिरेले १० जिल्ला कार्यक्षेत्र भएको स्वेडा लघुवित्तलाई प्राप्ती गरेको हो । मिर्मिरे र स्वेडाविच गत पुस २७ गते प्राप्ती सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यस अघि गत वर्षको वैशाख ३० गते किसान र नागबेली लघुवित्त सँग एक आपसमा मर्जरमा जाने सम्झौता गरेको मिर्मिरेले उक्त सम्झौता भाडिएपछि स्वेडालाई प्राप्ती गर्ने प्रकृया अघि बढाएको हो । 
 

प्रतिक्रिया दिनुहोस