aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

घुस लिने कार्यालय सहयोगी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
घुस लिने कार्यालय सहयोगी पक्राउ

हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ  ।  

विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका  कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट  रु दश हजार घुस रकमसहित  पक्राउ  गरिएको आयोगको कार्यालयले जनाएको छ ।

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै  कार्यालय सहयोगी चौधरीले उक्त रकम मागेकाले उनलाई रङ्गेहात पक्राउ गरिएको बताइएको छ । 

पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि  अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाइने तयारी भइरहेको आयोगको कार्यालय  हेटौँडाका सूचना अधिकारी  शिवराज रेग्मीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस