aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँट आइतवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँट आइतवार

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओ आइतवार बाँडफाँट हुने भएको छ । कम्पनीले शुक्रबार प्रि–अलोटमेण्ट गरेको हो । 

एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको थियो । यी मध्यमा योग्य आवेदक भने ३ लाख ९७ हजार ७४१ जना रहेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ । 

आवेदकको संख्याको आधारमा हालको व्यवस्थाबाट सबैले पहिलो चरणमा १० कित्ता शेयर प्राप्त गर्नेछन् । त्यस पछि बाँकी रहेको शेयर गोलाप्रदाद्वारा वितरण गर्दा ४६ हजार ५७९ जना आवेदकले थप १० कित्ता शेयर हात पार्नेछन् । 

कम्पनीले असार १० गतेदेखि १४ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरि २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

प्रतिक्रिया दिनुहोस