aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दुई तिहाइ जनमतसहितको सरकारले लोकप्रिय बजेट ल्याउदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
दुई तिहाइ जनमतसहितको सरकारले लोकप्रिय बजेट ल्याउदै

काठमाडौं। आगामी आर्थिक वर्षका लागि संघीय सरकारको बजेट बुधबार संसदमा प्रस्तुत हुँदैछ। दुई तिहाइ जनमतसहितको सरकारको पहिलो बजेटले जनतामा उत्साह जगाउन नसकेको तथा पार्टी घोषणापत्रलाई नै बेवास्ता गरेको भन्दै आलोचना भएपछि अर्थमन्त्री डा। युवराज खतिवडाले दोस्रो बजेटमा लोकरिझ्याइँका कार्यक्रम समावेश गरेको बुझिएको छ।

संक्रमणकालमा भत्केको बजेट अनुशासन कायम गर्न खोज्दा अर्थमन्त्री सत्तारूढ दलकै नेताहरूको निसानामा परेका थिए। राष्ट्रियसभामा दुई वर्षका लागि मनोनीत खतिवडाको सम्भवतः अन्तिम बजेट हो।

आर्थिक वर्ष २०७६र७७ को बजेटमा अर्थमन्त्री खतिवडाले उत्पादनमूलक क्षेत्रको लगानी र उत्पादन विकासलाई प्राथमिकतामा राखेका छन्। निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग सञ्चालनका लागि आकर्षक प्याकेज ल्याउन लागिएको बजेट निर्माणमा सम्बद्ध स्रोतले बताएको छ। यसबाहेक कृषिमा जोखिमका आधारमा सरकारबाट संरक्षण प्रदान गरिने कार्यक्रम ल्याउन लागिएको छ भने ऊर्जा ९उत्पादन र प्रसारण० तथा यातायात ९कनेक्टिभिटी० लाई विशेष प्राथमिकतामा राखिएको छ।

राष्ट्रिय गौरवका आयोजनालाई आगामी केही वर्षभित्र सम्पन्न गर्ने गरी झन्डै डेढ खर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। सरकारको नीति तथा कार्यक्रममै माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष २०७६र७७ भित्र सम्पन्न गर्ने उल्लेख छ।

‘हामीले पुराना आयोजना चाँडै सम्पन्न गर्ने गरी आवश्यक बजेट आँकलन गर्न भनेका छौं,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा। पुष्पराज कँडेलले भने, ‘रूपान्तरणकारी ठूला पूर्वाधारका आयोजना समयमा सम्पन्न भए अर्थतन्त्रले गुणात्मक लाभ हासिल गर्छ।’ आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस