aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतले टिकटक लगायत ५९ चिनियाँ एप बन्द गरेपछि अमेरिका खुसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
भारतले टिकटक लगायत ५९ चिनियाँ एप बन्द गरेपछि अमेरिका खुसी

एजेन्सी । टिकटक लगायत ५९ वटा चिनियाँ  एपमाथि भारतले प्रतिबन्ध लगाएको कामको अमेरिकाले प्रशंसा गरेको छ । बिहीबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भारतको कदमको स्वागत गरेका हुन् । टिकटक लगायत चिनियाँ एप्क चिनियाँ कम्युनिष्ट पार्टीको जासूसी अंगको रुपमा रहेको अमेरिकी भनाइ छ ।

पोम्पिओले चिनियाँ मोबाइल एपहरुमाथि बन्देज लगाउने भारतीय कदमको स्वागत गरे । साथै एप प्रतिबन्धको निर्णयले गर्दा भारतको अखण्डता, र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने पोम्पिओले बताएका थिए ।

भारतले यही सोमबार टिकटक, वि च्याट, विबो लगायत ५९ वटा चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको थियो । भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता छन् । जहाँ टिकटक बन्द गरिदिएपछि टिकटकको व्यवसायमा असर पर्ने टिप्पणी हुन थालेको छ । यससँगै अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध लगाउने कुरा उठ्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस