
काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा चार जिल्लाका थप नयाँ ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरूमा नवलपरासी पूर्वका १९ जना, तनहँका नौ जना, पर्वतका तीन जना बाग्लुङका एक जना रहेका छन् । नवलपरासीको कावासोतीका ११ पुरुष, तीन महिला, मध्यविन्दुका चार पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।
तनहुँको भिमादमा दुई र ऋसिङमा सात जना संक्रमित भेटिएका छन । पर्वतको बिहादी, फलेवास र पैयुँमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बाग्लुङको जैमिनीमा एक जना संक्रमित थपिएका हुन् । ३२ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल संख्या एक हजार ६३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस