काठमाडौं । नेपालमा उच्च बाँधयुक्त जलविद्युत अयोजना विकासमा अमेरिका उत्सुक देखिएको छ । लगानीको वातावरण उपयुक्त भए आफुहरु उच्च बाँधयुक्त परियोजनानमा लगानी गर्न इच्छुक रहेको ‘अमेरिकन हाइड्रोपावर एशोसियशन’का पदाधिकारीहरुले बताएका छन् ।
गत वैशाख ३१ देखि जेठ २ सम्म फ्रन्सको राजधानी पेरिसमा आयोजित ‘ इन्टरनेशनल हाइड्रोपावर कंग्रेस’मा सहभागी एशोसिएशनका पदाधिकारीले त्यस्तो इच्छा देखाएका हुन् । कंग्रेसमा नेपाली टोलीको नतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गरेका थिए ।
मन्त्री पुन र एशोसिएशनका पदाधिकारीबीच भएका वार्तामा उच्चबाँधयुक्त आयोजनाको विकासबारे छलफल भएको हो । अमेरिकाको निजीक्षेत्रसँग देशभित्र र बाहिर त्यस्तो आयोजना विकास गरेको लामो अुनभव छ । आर्थिक अभियान दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस