aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सेना प्रमुखसहित लद्दाख पुगे भारतीय प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
सेना प्रमुखसहित लद्दाख पुगे भारतीय प्रधानमन्त्री

भारत ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत– चीनबीचको विवादित सीमा क्षेत्र  लद्दाख पुगेका छन्।  मोदीसहित  भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत  शुक्रवार बिहान लद्दाखको राजधानी  लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  मोदीले लेह पुगेर त्यहाँका सैनिकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।   

भारत चीनको सीमा क्षेत्र लद्दाखको गलवान घाटीमा दुई देशका सेनाबीच भएको ह्रिंस्रक झडपमा भारतीय कर्णेलसहित २० जना सेनाले ज्यान गुमाएपछि भारत चीन सीमा विवाद उत्कर्षमा पुगेको छ।  भारतको विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार सीमामा गतिरोध हटाउनका लागि आह्वान गरेको भए पनि तनाव मत्थर बनाउने प्रक्रियालाई निकै समय लाग्ने बताइएको थियो। एजेन्सी 

प्रतिक्रिया दिनुहोस