aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतका व्यापारीलाई बम्पर अफरमाथि अफर, लकडाउनकै बेलामा थपियो खर्बौ लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
भारतका व्यापारीलाई बम्पर अफरमाथि अफर, लकडाउनकै बेलामा थपियो खर्बौ लगानी

एजेन्सी । भारतको रिलायन्स इन्डस्ट्रिजका सञ्चालक मुकेश अम्बानीलाई विश्वव्यापी फैलिएको महामारी फलिफाँव भएको छ । विश्वकार उत्कृष्ठ इलेक्ट्रोनिक चिप निर्माता कम्पनी इन्टेल क्यापिटलले रिलायन्स इन्डस्ट्रिजको जियो प्लेटफर्मको  शेयर खरिद गर्ने भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, इन्टेल क्यापिटलले १८९४.५० करोडमा रुपैयाँ भारुमा ०.३९ प्रतिशत शेयर किन्ने  भएको छ । रिलायन्स इन्डस्ट्रिज र जियो प्लेटफर्मले एक संयुक्त विज्ञप्ति जारी गरी यस नयाँ लगानीको बारेमा जानकारी गराएको छन । इन्टेल क्यापिटलले क्लाउड कम्प्युटि, आर्टिफिशियल इन्टेलिजन्स र ५ जी जस्ता प्रविधि क्षेत्रमा काम गर्ने गरेको छ ।  

साथै, रिलायन्स जिओ पछिल्लो करिब ११ हप्तामा १२ औं लगानी हो ।  यससँगै यी १२ औं कम्पनीबाट जिओ प्लेटफार्ममा कुल शेयर पुँजी लगानी १,१७५८८.४५ करोड रुपैयाँ भारु पेगेको छ । अम्बानी ग्रुपमा यी कम्पनीको लगानी २५.०९ प्रतिशत पुगेको छ ।

विगत ३ महिनामा जिओले प्लेटफार्ममा लगानी गर्ने विश्वविख्यात कम्पनीहरु फेसबुक, सिल्वर लेक, भिस्टा इक्विटी पार्टनर्स, जनरल अटलान्टिक, केकेआर, मुबाडला, एडीआईए, टीपीजी, एल क्याटरटन र पीआईएफ रहेका छन् । हालसालै रिलायन्स इन्डस्ट्रिजले कर्जा मुक्त हुने घोषणा गरेको छ । रिलायन्स ग्रुपको बजार पुँजीकरण ११ लाख करोड भारुभन्दा माथि पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस