
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक भारतको उत्तरी सीमा लेह पुगका छन् ।
मोदिले सिमाक्षेत्रकम तैनाथ सैनिकलाई सम्बोधन गरेका छन् ।
उनले आफ्नो सम्बोधनमा १४ कोरको बहादुरी दुनियाको हरेक ठाउँमा फैलिएको बताएका छन् ।
उनले सम्बोधनका क्रममा गलवान उपत्यका भारतको रहेको दाबी गरेका छन् । चीनको नाम नलिएर बोलेका मोदीले विस्तारवादको युग अब सकिएको चेतावनी दिएका छन् ।
प्रधानमन्त्री मोदिले सिमाक्षेत्रमा खटिएका सैनीकले गरेको काम विश्वमानै अतुलनिय रहेको भन्दै प्रसंशा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस