
एजेन्सी । भारतमा अन्तर्राष्ट्रिय उडान सेवा ३१ जुलाईसम्म बन्द रहेने भएका छन । कोरोना भाइरसका संक्रमित भारतमा बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडान बन्दको समय थप गरेको हो ।
भारतीय नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले शुक्रवार एउटा सूचना जारी गर्दै अन्तर्राष्ट्रिय बन्द हुने समय थप गरेको जनाएको हो । केही अन्तर्राष्ट्रिय मार्गहरूमा एयरलाइनहरू शुरु गर्ने संकेत पनि दिएको छ ।
केही उडानहरूलाई छनौट एयरवेमा व्यक्तिगत केसका आधारमा अनुमति दिन सकिने संकेत गरेको छ । यसभन्दा पहिले अन्तर्राष्ट्रिय यात्री उडानहरू १५ जुलाईसम्म स्थगित गरिएका छ ।
प्रतिक्रिया दिनुहोस