aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

बागमती प्रदेशको बजेट बहुमतले पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
बागमती प्रदेशको बजेट बहुमतले पारित

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित गरेको छ ।

बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछिशुक्रबार बजेट पारित गरिएको हो ।

बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहेक अन्य दलका सांसदले विपक्षमा मतदान गरे ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस