aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
प्रमुख निर्वाचन आयुक्तमा थपलिया अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा थपलिया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
प्रमुख निर्वाचन आयुक्तमा थपलिया

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन् ।  आज सिंहदरबारमा बसेको समितिको बैठकले थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । साथै समितिले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । 

समितिको बैठकमा थपलियाले तीन महिनाभित्रै उपनिर्वाचन गराउने प्रतिवद्धता जनाएका थिए। उनले निर्वाचनलाई कम खर्चिलो बनाउन आफूले सक्दो प्रयास गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनले सूचना प्रविधिमैत्री बनाउने र विद्युतीय मतदानको व्यवस्था मिलाउने बताएका थिए । 
 

प्रतिक्रिया दिनुहोस