aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मोबाइलबाटै गर्नुस् लोकसेवा तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
मोबाइलबाटै गर्नुस् लोकसेवा तयारी

काठमाडौं । सरकारी जागिर भन्ने वित्तिकै धेरै नेपाली  आकर्षित हुन्छन् । सरकारी सेवामा प्रवेश गर्ने मुख्य ढोका लोकसेवा जाँच दिनेको संख्या बर्सेनी लाखौँमा हुन्छ । 
अहिले पनि लोकसेवाले हजारौँ संख्यामा कर्मचारी माग गर्दै विज्ञापन गर्ने समाचार आइरहेका छन् ।

सरकारी नोकरीमा अवसर पाउनु सजिलो पक्कै पनि छैन । तोकिएको अध्ययनपछि मात्र लोकसेवामा नाम निकाल्न सकिन्छ भनेर विभिन्न तयारी कक्षा धाउनेको संख्या पनि कम छैन । यसैलाई ध्यान दिएर मन्त्र आइडियाज कम्पनीले लोकसेवा एप बनाएको छ । 


लोकसेवा एप निःशुल्क डाउनलोड गरी मोबाइलमार्फत लोकसेवाको सम्पूर्ण जानकारी प्राप्त गर्नुका  साथै प्रश्न पढ्न पनि सक्नेछन् । लोकसेवाको तयारीमा लागेका सम्पूर्ण व्याक्तिलाई लक्षित गरी निकालिएको एस एपमा हाल प्रशासनको खरिदार, नासु, शाखा अधिकृतको तयारी गर्न सकिने छ । 


एप कसरी चलाउने ? 


गुगलको प्ले स्टोर वा एप्पलको एप स्टोरमा गएर लोकसेवा नेपाल टाइप गरी एप डाउनलो गर्न सकिन्छ । डाउनलोड गरेर लोकसेवासम्बन्धी विभिन्न सेक्सन नेभिगेट गरेसँगै होममा आउने फिडमा विभिन्न लोकसेवा उपयोगी सामग्री पनि आउँछ ।

यसमा दैनिक प्रश्नोत्तर, समसामयिक विषयबस्तु, मोडल सेटहरु, समाचार, सूचनाहरु, सामान्यज्ञानलगायतको जानकारी आउँछ । यसमा रहेको मोडल सेट बटन थिचेपछि मोडल सेट एकैठाँउमा पाउन सकिन्छ  । नायाँपत्रिका दैनिकबाट  

प्रतिक्रिया दिनुहोस