aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

प्रम ओलीले स्थायी समितिलाई नै ‘हुलहुज्जत’ भनेपछि...

  • लालकाजी तामाङ
    लालकाजी तामाङ
  • आइतबार, २१ असार २०७७
प्रम ओलीले स्थायी समितिलाई नै ‘हुलहुज्जत’ भनेपछि...

काठमाडौं । अघिल्लो हप्तादेखि जारी स्थायी समिति बैठकमा प्रम केपी शर्मा ओलीका कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने भन्दै प्रधामन्त्रीका साथै अध्यक्ष पद दुबै छाड्नु पर्ने माग उठेपछि र आफु इतरका भेला र बैठकले तिब्रता पाएपछि संसद अधिबेसन नै टुङ्ग्याएर मनोमानी निर्णय गर्न बाटो खुलाएका ओली शनिबार आफ्नै मनको बाघले खाएर शीतलनिवास गएको अबेर राती खुलेको छ । 

प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर आफूलाई ‘हुलहुज्जत गरेर निकाल्न खोजिएको’ भन्दै सत्ता नछाड्ने अडान दोहोर्‍याए । उनले मन्त्रीहरूलाई पनि अब कतातिर लाग्ने भनेर कित्ता छुट्टयाउने समय आएको बताए ।

शनिबार बिहानै प्रचण्ड–नेपाल खेमाका नेताहरूको पनि प्रचण्ड निवास खुमलटारमा बैठक बसेको थियो । संसदीय अधिवेशन समापन गर्ने र आफूनिकट रहेका मानिसहरू संलग्न रहेर निर्वाचन आयोगमा अर्को पार्टी दर्ता गराउने जस्ता गम्भीर विषयहरू उठेको बैठकमा ओली सहभागी नभएपछि स्थिति अझ गम्भीर भएको नेकपा नेता भीमबहादुर रावल बताउँछन् ।

‘ती विषयमा पार्टीको बैठकबाट निष्कर्षमा पुग्न सकियोस् भन्ने चाहनाका बावजुद समस्या झन् बल्झँदै गयो । यस्तो अवस्थामा समस्या समाधान गर्ने अनौपचारिक ढोका खोल्नका लागि बैठक स्थगित गरिएको हो,’ रावलले भने । ‘तर स्थगित स्थायी समिति बैठक अघि बढ्छ र आफ्नो कार्यसूचीमा प्रवेश गरेर विषयहरूलाई अन्तिम निष्कर्षमा हामी पुर्‍याउँछौँ ।’

ओली इतरका एक नेताले भने ओली मनोमानी ढंगले बढेको बताए । 'हामीले छलफलका लागि भनेर स्थायी कमिटी स्थगित गर्‍यौं, तर उहाँले यो समय थप धम्क्याउन र सडकमा मानिसहरू उतार्न खर्च गर्नुभयो' ती नेताले भने,'अब प्रधानमन्त्री सहमतिमा आउने कम गुञ्जायस देखिन्छ । त्यसैले, स्थायी कमिटीले नै निर्णय गरेर अगाडि बढ्नुपर्छ भन्नेमा सबैको सहमति भयो ।'

अन्तिम छलफलका लागि एकपटक प्रधानमन्त्रीसँग बस्ने निधो प्रचण्ड-नेपाल खेमाले गरेको छ । त्यसैअनुसार आइतबार बिहान १० बजे प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटका लागि समय तय भएको छ । उक्त छलफलमा सहमति नआए प्रधानमन्त्रीविरूद्ध स्थायी कमिटीले निर्णय गर्ने ती नेताले बताए ।

स्थायी कमिटीका ४४ सदस्यमध्ये कम्तिमा ३० जना प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री ओलीले पनि आफूविरूद्ध स्थायी कमिटीले गर्न सक्ने सम्भावित निर्णयविरूद्ध दबाब बढाएका छन् । शनिबार साँझ बालुवाटारमा मन्त्रीहरूसँगको छलफल त्यसैको एउटा कडी थियो ।

उक्त छलफलअघि उनले शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब सवा घन्टा भेट गरेका थिए । त्यो भेटपछि बालुवाटारमा मन्त्रीहरूसँग बोल्दै प्रधानमन्त्रीले आफू र राष्ट्रपतिविरूद्ध षड्यन्त्र भएको बताएका थिए ।

यो षड्यन्त्र चिर्न मन्त्रीहरूले पनि भूमिका खेल्नुपर्ने भन्दै आफूलाई साथ दिने वा प्रचण्ड–नेपालको पक्षमा उभिने भनी कित्ताकाट गर्नपर्ने बेला आएको उनले बताए ।

उनले आफूसँगै राष्ट्रपतिलाई हटाउने षड्यन्त्र भएको संकेत गरेपछि कृषिमन्त्री घनश्याम भुषाल र ऊर्जामन्त्री वर्षमान पुनले अपुष्ट सूचना र हल्लाका पछि लाग्न नहुने भन्दै प्रधानमन्त्रीलाई तथ्य बुझेर निर्णय गर्न सम्झाएका थिए ।

त्यसैतर्फ लक्षित गर्दै नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’

पार्टीका दुई अध्यक्षबीच कुरा मिलाउन शुक्रबार तीन घन्टाभन्दा बढी छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्री ओली र प्रचण्ड आ–आफ्नै अडानटसका मस भएनन् ।

प्रधानमन्त्री ओलीले मंसिर ४ गते दुई अध्यक्षबीच भएको सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताएका थिए । गत मंसिर ४ गते प्रधानमन्त्री ओलीले संसदको बाँकी समयावधिभरि सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टीमा काम गर्ने सहमति भएको थियो ।

प्रचण्डले भने आफूलाई कार्यकारी अध्यक्षका रूपमा काम गर्न नदिएर उक्त सहमति प्रधानमन्त्रीबाटै उल्लंघन भएको भन्दै त्यसमा फर्किने औचित्य नरहेको बताएका थिए ।

प्रचण्ड अब मंसिर ४ को सहमतिले समस्या समाधान गर्न सक्दैन समस्या समाधान गर्ने हो भने पार्टी एकता गर्दा २०७५ जेठ २ गते भएको सहमतिमा फर्कनु पर्ने भन्ने ठम्याइँमा पुगेको उनी निकटस्थको भनाई छ ।

प्रचण्डले प्रधानमन्त्री पदमा रहँदाको बखत प्रधान सेनापतीसँगको टकाराबपछि नेपाली शेनालाई लोकतान्त्रीकरण गर्न नसकेको महशुस गर्दै यकल निर्णयका आधारमा राजिनामा दिँदा बाँदरले नरिवल पाउँदा एकछिन खेलाउने र टोक्न नसकेपछि फ्याँक्ने गरेको शंज्ञा देएका ओली उनी भने नरिवल नफ्याँक्ने र राष्ट्रपतिलाई पनि राष्टपति पद धरापमा परेको भन्दै उक्साउँदै जस्तो सुकै निर्णय गर्न तयार हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस