aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बाढी, पहिरो र डुबान : काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असार २०७७
बाढी, पहिरो र डुबान : काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा रहेको देखिएको छ । गृह मन्त्रालयले तयार गरेको तथ्याकंअनुसार काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको देखिएको हो ।

काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किन सक्ने भनिएको छ । 

यसैगरी, ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको तथा भक्तपुरमा २२ स्थानमा डुबान, ८ स्थानमा बाढी र १३ स्थानमा पहिरो जान सक्ने सम्भावना रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस