aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सरकारलाई संसदको आदेश -‘फास्ट ट्र्याक डीपीआर स्वीकृत गर्नू’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
सरकारलाई संसदको आदेश -‘फास्ट ट्र्याक डीपीआर स्वीकृत गर्नू’

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई जोड्ने द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो स्वीकृत गरी स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

डीपीआरबिनाको संरचन निर्माणले पछि समस्या आउन सक्ने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

डीपीआर स्वीकृत भएपछि निर्माण संरचनामा फेरबदल हुन सक्ने र यसबाट प्राविधिक समस्या उत्पन्न हुने समितिको ठहर छ ।अहिले डीपीआरबिनै आयोजनाको काम अघि बढिरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा  छ। 

बिदेशी परामर्शदाताको सहयोगमा नेपाली सेनाले तयार गरेको डीपीआर गत चैतमा नै मन्त्रिपरिषदमा पुगेको थियो । द्रुतमार्ग निर्माण आयोजनाका प्रमुख सैनिक उपरथी योगेन्द्र बहादुर खांडका अनुसार उक्त डीपीआर स्वीकृत भएको छैन । 

प्रतिक्रिया दिनुहोस