aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

गोगंबुको ग्यारेजमा आगलागी, १२ वटा माइक्रोबस जले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असार २०७७
गोगंबुको ग्यारेजमा आगलागी, १२ वटा माइक्रोबस जले
प्रतिकात्मक तस्विर

काठमाडौं । गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको छ। बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको छ ।  

आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६,  बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै बा २ ख ४१७९,  बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन, यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस