aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आर्थिक वृद्धिदरमा नेपाल तेस्रो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
आर्थिक वृद्धिदरमा नेपाल तेस्रो

काठमाडौं । दक्षिण एसियाली मुलुकमा नेपालको अर्थिक बृद्धिदर भारत बंगलादेशपछि तेस्रो स्थानमा पुग्ने सरकारले प्रक्षेपण गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थिक सर्वेग्ंक्षणमा सन् २०१९ मा अर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्ने प्रक्षपण गरिएको हो ।

नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्दा भारत र बंगलादेशको आर्थिक बृद्धिदर समान ७.३ हुने अर्थ मन्त्रालयको प्रक्षपेपण छ । सन २०१८ मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत थियो  । सन २०१९ मा दक्षिण एसियाका अन्य मुलुकको आर्थिक वृद्धिदर भने नेपालको भन्दा कम हुने औल्याइएको छ ।

सर्वेक्षण अनुसार आर्थिक क्रियाकलापमा आएको विस्तार कारण आर्थिक वृद्धिदरमा टेवा पुग्नुको साथै प्रतिव्यक्ति आम्दानी समेत बढेको मन्त्रालयले दावी गरेको छ । तर, महालेखा नियन्त्ररणको कार्यलयको तथ्यांक हेर्ने हो भने पुँजीगत खर्चको अवस्था सन्तोषजनक छैन । आर्थिक वर्ष सकिन साढे एक महिना बाँकी रहँदा ४४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।

विगतका वर्षमा झै आर्थिक वर्षको अन्त्यमा विकास बजेट खर्च गर्ने प्रचलन यसपटक पनि कायमै रहने अवस्था देखिएको समाचार आजको नागरिक दैनिमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस