
एजेन्सी । भातरतको महाराष्ट्र स्थिति बजाज अटोको प्लान्टमा २५० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि प्लान्ट बन्द गर्न माग गरिएको छ । हालसम्म २५० जनाभन्दा बढी कर्मचारीहरूमा कोरोना पोजेटिभ पाइएको छ । हाइपर तेन्सन र मधुमेहको रोगी भइका दुई कर्मचारीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
बजाज अटोको यस प्लान्टमा ८००० भन्दा बढी कामदारहरू काम गर्छन् । गत महिनाको अन्तिम हप्तामा यस प्लान्टमा कोरोना बिरामीहरूको संख्या १४० जना थिए । जुनमा आएर २५० भन्दा माथि पुगेपछि अटो युनियनबाट प्लान्ट बन्द गर्न माग गरेको छ ।
पश्चिमी महाराष्ट्रमा यस प्लान्टमा कोरोनाका केसहरू निरन्तर व्यवस्थापनले निरन्तर कामदारहरुलाई भनिरहेको यस्तो अबस्थामा श्रमिकको स्वास्थ्य जोखिममा नराख्न युनियनले आग्रह गरेको छ ।
युनियनका अनुसार कम्पनीले यस हप्ता कामदारहरूलाई लेखेको पत्रमा भन्यो कि काममा आउनेहरूलाई तलबभत्ता नदिने भनेपछि कर्मचारीहरू प्लान्टमा आउन बाध्य भएका छन् । बजाज अटो वर्कर्स युनियनका अध्यक्ष थेंगाडे बाजीरावले कम्पनी १० देखि १५ दिनसम्म प्लान्ट बन्द गर्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस