aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बिओकेको निक्षेप ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असार २०७७
बिओकेको निक्षेप ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सफलता मुद्दती खाता’ वाल श्रीमती शुभद्रा श्रेष्ठलाई औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी उपलब्ध गराएको छ ।

उक्त बैंक खातामा उच्चतम व्याजदरका साथ एघार लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउदै आईरहेको बैंकले जनाएको छ । 

बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि रु. पाँच लाख, १८ घातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ ।  

श्रीमती श्रेष्ठले  आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन् । बैंकको उक्त मुद्दती खाता खोली बंैकिङ्ग कारोबार गर्दै आईरहेकी श्रेष्ठले खातामा रहेको बीमा सुबिधा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको बैंकले जनाएको छ । 

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्रीमती शुभद्रा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थीती  रहेको थियो । 

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस