
काठमाडौं । नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०७७/७८ को नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन आज गर्वनरलाइ हस्तान्तरण गरेको छ ।
नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा छलफल गर्न अनलाइन मार्फत नै असार ५ गते नेपाल राष्ट्र बैंकका गवर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा नीजि क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्त विज्ञ र सरोकारवालाहरुसंग छलफल चलाइ थप परामर्सबाट तयार पारिएको प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको हो ।
नेपाल राष्ट्रबैंकका पूर्र्व कार्यकारी निर्देशक नर वहादुर थापाको कार्यपत्रमा आधारित विषयगत छलफल र यसमा नीजि क्षेत्र र विज्ञहरुका सुझावलाइ समेटर तयार पारिएको परिस्कृत प्रतिवेदन नेपाल राष्ट्र बैंकका गवर्नरलाइ हस्तान्त गरिएको व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार पेश गरिएको प्रतिवेदनमा वर्तमान अवस्थामा निजि क्षेत्र संगै बैंक तथा वित्तिय संस्थाले भोगिरहेका समस्याहरु र तिनिहरुको उपयुक्त समाधानका लागि सहजीकरण गर्ने गरी आगामि २०७७÷०७८ को मौद्रिक नीति केन्द्रित हुनुपर्ने विषयवस्तुहरु समेटिएको बताए ।
यसैगरी आगामि मौद्रिक नीतिले समेट्न पर्ने थप विषय, आवश्यकता, कार्यान्वयन पक्ष र चुनौतीहरुलाइ समेत प्रतिवेदनमा समावेस गरिएको श्रेष्ठले जानकारी गराए ।
मौद्रिक नीति हस्तान्तरण कार्यक्रममा नेपाल व्यवस्थापन संघका सभापति किरण कुमार श्रेष्ठ सहित संघका उप सभापति तथा आइएमइ समुहका प्रमुख कार्यकारी सुमन पोख्रेल, नेपाल व्यवस्थापन संघका कोषाध्यक्ष अनु जोशी र कार्यकारी निर्देशक अनिल उपाध्याय सहभागि रहेका थिए ।
प्रतिवेदन ग्रहण गर्दे नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले व्यवस्थापन संघ जस्तो व्यवस्थापकहरुको छाता संगठनले उपलब्ध गराएका सुझावहरुलाइ आगामि मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता जाहेर गरेका थिए । हरेक बर्ष संघले मौद्रिक नीतिमा विज्ञहरुसंग छलफल चलाइ नेपाल राष्ट्र बैंकलाइ सुझाव वुझाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस