aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

महानगरीय अपराध महाशाखा फेरि सर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
महानगरीय अपराध महाशाखा फेरि सर्यो

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौं महानगरपालिका–३१ मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ स्थानान्तरण भएको प्रहरीले जनाएको छ । २०७२ सालको भूकम्पले बसन्तपुर स्थित हनुमानढोकामा रहेको भवन भत्किएपछि महानगरपालिका–१२ टेकुस्थित स्थानान्तरण गरिएको थियो । 

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित रहेको उक्त महाशाखाको भवन निर्माण शुरु हुन लागेकोले महाशाखाबाट हुँदै आएको काम कारवाही संचालनमा असहजता हुने भएकोले कार्य संचालनार्थको लागि मिनभवनमा आइतबारबाट स्थानान्तरण भई कार्यालय संचालन भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस