
काठमाडौं । सरकारले आज बुधबार आगामी आर्थिक वर्ष २०७६/७७ को दोस्रो पूर्ण संघीय बजेट ल्याउँदै छ । संघीय संसद्का दुवै सदन ९प्रतिनिधिसभा र राष्ट्रिय सभा०मा अपराह् ४ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्ष १५ जेठमा राजस्व र व्यय अनुमान प्रस्तुत गर्ने प्रावधान छ ।
बजेटको सम्पूर्ण तयारी करिब पूरा भएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । आज गणतन्त्र दिवसका दिन सरकारले आज आगामी आवको बजेट ल्याउन लागेको हो ।
सरकारले ठूला आयोजना सहित क्रमागत आयोजनालाई समेटेर सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलव वृद्धि सहित आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउने तयारी गरेको हो । खर्च गर्ने क्षमता बढाउन नसकेपनि साढे १५ खर्ब को बजेट ल्याउने तयारी सरकारले गरेको हो । चालु आवमा महत्वकांक्षी बजेट ल्याएपनि खासै प्रगति हासिल गर्न नसकेको सरकारले यस वर्ष पपुलिष्ट बजेट ल्याउने तयारी गरेको छ ।
कर्मचारीको तलव बढ्ने भएको छ । वृद्ध भत्ता थपिने भएको छ । सबै नागरिकको बीमा सुरक्षा पाउने योजना सरकारले अघि बढाएको छ भने समृद्ध नेपाल र सुखी नेपाली बनाउने तथा पुँजी निर्माणमा बजेट केन्द्रीत हुने अर्थ स्रोतले जानकारी दिएको छ ।
राष्ट्रिय आवश्यकता, १५ औ पञ्चवर्षीय योजनाले तयार पारेको खाका तथा नेपालको दीर्घकालीन सोचले तय गरेका लक्ष्य प्राप्त हुनेगरी बजेट बनेको अर्थ मन्त्रालयले स्रोतले बताएको छ । हाम्रो प्राथमिकता भनेको पूर्वाधार निर्माणका साथै रोजगारी सिर्जना, उत्पादकत्वमा वृद्धि गरी आयात प्रतिस्थापनलगयत समग्रमा गरिवी निवारण गर्दै समृद्ध नेपाल सिर्जना गर्नेमा बजेट केन्द्रीत हुनेछ ।
सरकारले आगामी बजेटले क्षेत्रगत र समग्र पुँजी निर्माण, रोजागरी सिर्जना, गरिवी निवारण, शासकीय सुधारलगायतका उत्पादकत्व अभिवृद्धि गर्ने क्षेत्रलाई बजेटमा उच्च प्राथमिकता राखेको छ, बजेट निर्माणमा संलग्न स्रोतले भन्यो । बढ्दो ब्यापार घाटा न्यूनीकरण गर्न तथा निर्यात प्रवद्र्धन र वस्तु तथा सेवा उत्पादनमा वृद्धि गर्ने, उच्च प्रतिफल दिने तथा तत्काल आर्थिक सामाजिक लाभ हासिल हुनसक्ने क्रमागत आयोजना र कार्यक्रमले बजेटमा प्राथमिकता पाउने छन् ।
प्रतिक्रिया दिनुहोस