
एजेन्सी । भारत सरकारको सौभरेन्ट सुन लगानी योजनामा फेरि लगानी गर्ने अवसर आएको छ । सोमबार अर्थात् जुलाई ६ देखि १० जुलाई १० सम्म यो अवसर खुला गरेको छ । विश्वमा कोरोना भाइरसको संकटमा भइरहेका बेलामा भारतले सुनलाई अहिले लगानीका लागि सबैभन्दा सुरक्षित उपकरणको रूपमा अगाडि ल्याएको छ ।
यो सरकारको स्वर्णिम गोन्ड बन्ड (२०२०/२१) को चौथो किस्ता हो । रिजर्भ बैंक अफ इण्डियाले अप्रिलमा घोषणा गरेका थियो । भारत सरकारले यो योजना अप्रिल २०२० देखि सेप्टेम्बरसम्म ६ किस्तामा लगानी गर्ने अवसर सार्वजनिक गरेको छ । सेप्टेम्बरसम्म प्रत्येक महिना डिजिटल बण्डको रूपमा सुनमा लगानी गर्ने अवसर उपलब्ध गराएको छ ।
सौभरेन्ट स्वर्ण योजना अन्तर्गत, सुनको मूल्य प्रति ग्राम ४८५२ रुपैयाँ भारु गरिएको छ । यो बजार मूल्यभन्दा धेरै सस्तो छ । हाल बजारमा सुनको मूल्य द्धड ८२८३ रुपैयाँ भारुदेखि ४९००० रुपैयाँसम्म चलिरहेको छ । यस अन्तर्गत ती लगानीकर्ताहरूले प्रति ग्राम ५० रुपैयाँ छुट पाउनेछन् ।
जसले अनलाइन आवेदन गर्न पाउने छन् र डिजिटल माध्यमबाट भुक्तानी गर्नेछन् । त्यस्ता लगानीकर्ताहरूको लागि ४८०२ रुपैयाँ भारु मूल्य प्रति ग्राम ४८,००० रुपैयाँ हुनेछ । १० ग्रामको लगानीमा ४८,००० रुपैयाँ भारुमा लगानी गर्न सकिने छ । लगानी आवेदनपछि, १४ जुलाईमा जारी गरिनेछ । यस अन्तर्गत २.५ प्रतिशत ब्याज पनि वार्षिक रूपमा दिइनेछ ।
प्रतिक्रिया दिनुहोस