
काठमाडाैं । सामाजिक सञ्जाल फेसबुक पेज, ग्रुपमा देखिने महँगा सामानहरू सस्ताेमा राखिएकाे पाइएकाेले नकिन्न प्रहरीले अनुराेध गरेकाे छ ।
महानगरीय अपराध महाशाखाले एक सूचना जारी गर्दै Iphone , Oneplus र अन्य ब्राण्डका मोबाईल , घडी तथा अन्य महङ्गो मुल्यका सामानहरु अत्यन्त सस्तो मुल्यमा बिक्रिमा छ ।, Stock लिमिटेड छ भनि विज्ञापन गरि ग्राहकहरुलाई पैसा जम्मा गर्न विभिन्न बैंकका खाताहरु उपलब्ध गराउने तथा IME गर्न भन्ने र खातामा पैसा जम्मा भए पश्चात अर्डर गरेको समान डेलिभरी नगरी ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएकाेले उक्त सामान खरिद नगर्न भनिएकाे हाे ।
पिडितहरुको जाहेरीको आधारमा बिभिन्न बैंकका खाताहरुमा पैसा जम्मा गराउने केहि खाता बाहकहरुलाई पक्राउ गरी अनुसन्धान तथा कारवाही भैरहेको हुदा त्यस्ता ठगहरुको प्रलोभनमा नपर्न तथा बजार मुल्य भन्दा सुपथ मुल्यमा सामान पाईने भन्दैमा बिभिन्न फेसबुक लगायतका पेजमा प्रकाशित फर्जी बिज्ञापनको प्रलोभनमा परि पैसाको कारोवार गरि सामान अर्डर गरेमा ठगिने व्यहोरा जनहितको लागि प्रहरीले सर्वसाधारणमा अनुरोध गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस