aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लोकसेवा आयोगले खोल्यो स्थानीय तहमा ९ हजार कर्मचारीको विज्ञापन हेर्नुहोस सूचनासहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
लोकसेवा आयोगले खोल्यो स्थानीय तहमा ९ हजार कर्मचारीको विज्ञापन हेर्नुहोस सूचनासहित

काठमाडौं । लोकसेवा आयोगले बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो ।

आयोगले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको समाचार आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित छ ।

लोकसेवाले असार तीन गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । 

यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् । सेवाका शर्त र तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानून बमोजिम हुने विज्ञापनमा जनाइएको छ ।

https://drive.google.com/file/d/13l-dn42e2WsGQ_eevQMni0fqcS6f-RyW/view

 

प्रतिक्रिया दिनुहोस