aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सवारी पासबिना यात्रु ओसार्ने हुनुहुन्छ पर्नु होला प्रहरीको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
सवारी पासबिना यात्रु ओसार्ने हुनुहुन्छ पर्नु होला प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग रु २५ हजार तथा तामाङले तीन यात्रुसँग रु ३० हजार पाउने सर्तमा काठमाडौँ आएको बताएको छ । पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस