aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएकोमा आज ७ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ४६० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९४० रुपियाँमा कारोबार भएकोमा आज १० रुपियाँले बढेर ९५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस