aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सुनकाे मूूल्य फेरी सात सयले बढ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
सुनकाे मूूल्य फेरी सात सयले बढ्याे

काठमाडौं । सुनको मूल्य मंगलबार फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९० हजार २०० सयमा कारोबार भएकोमा मंगलबार ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्यमा पनि सात सय रुपैयाँले बढेर ९० हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार तेजाबी सुनको मूल्य ८९ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस