aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

भक्तपुरमा इनारबाट ग्याँससहित आगो लप्का निस्कियाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
भक्तपुरमा इनारबाट ग्याँससहित आगो लप्का निस्कियाे

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छिन् ।

भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्याँसहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो । उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनाएको थियो । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ । सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याँससहित आगो लप्का निस्किएको थियो । सो वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस