
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने जनाएकाे छ ।
बैठक चार बजेको लागि बोलाइए पनि एकघण्टा ढिला बसेको हो । आईजीपीको दौडमा एआईजीद्धय शैलेश थापा क्षत्री र हरि पाल रहेका छन् ।
त्यही अनुरुप गृहमन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दैछ ।
हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।
नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।
दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस