aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कोरोना अनुसन्धान गर्न ८७ वटा प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
कोरोना अनुसन्धान गर्न ८७ वटा प्रस्ताव

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ८७ वटा कोरोना भाइरसबारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति दिएको छ ।

परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोरोनासँग सम्बन्धित १२० वटा प्रस्ताव आएकामा इथिकल रिभ्यु बोर्डबाट ८७ वटा प्रस्तावलाई स्वीकृति दिइएको जानकारी दिए । उनले तीमध्ये केही रिपोर्ट परिषद्लाई प्राप्त भइसकेको जानकारी दिए ।

उनले कोरोना निको भएका बिरामीमा शरीरमा एन्टिबडी कत्तिको उत्पादन भएको छ र प्लाज्मा थेरापीबाट यसको प्रयोग अन्य कोरोनाका बिरामीमा गर्ने सम्बन्धमा अनुसन्धान थाल्ने बताए । उनले कोरोनाको उपचारमा आयुर्वेदिक औषधिको प्रभावकारिताका सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिए ।

डा. ज्ञवालीका अनुसार परिषद्ले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य अवस्था, कोरोना उपचारमा अग्रस्थानका डाक्टरको अनुभवका विषयमा गरेको अध्ययनको रिपोर्ट तयारी भइसकेको जानकारी दिए । गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस