aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ब्राजिलका राष्ट्रपतिमा कोरोना पोजेटिभ, ट्रम्पलाई भेटेका थिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
ब्राजिलका राष्ट्रपतिमा कोरोना पोजेटिभ, ट्रम्पलाई भेटेका थिए

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सनारो कोरोना भाइरसको शिकार भएका छन्। जैयर बोलसनोरोल ब्राजिलियन टिभी अन्तर्वार्ताका क्रममा उनले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन । ब्राजिलको राजधानी ब्राजिलियामा पत्रकारहरूसँग कुराकानी गर्दा उनले मास्क लगाएका थिए ।

उनल म ठीक छु, म सामान्य छु । म हिड्नसम्म जान चाहान्छु, तर मेडिकल सल्लाहका कारण जान सक्दिन ।  ब्राजिलका राष्ट्रपतिले मंगलबार आफ्नो चौथो परीक्षामा पोजेटिभ देखिएको थियो । 

बोलसनोरोले भने कि म ठीक छु, म सामान्य छु। म हिड्न जान चाहान्छु, तर मेडिकल सल्लाहका कारण जान सक्दिन। यस अघि उनले भन्नुभएको थियो कि उसको परिक्षण सकियो र उनको फोक्सो एक्सरेमा ठिक पाइएको छ । उनी मार्चमा फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि उनी ३ पटकको जाँचमा कोरोना नेगेटिभ पाइएको थियो । 

ब्राजिलमा अमेरिकापछि कोरोनाले सबैभन्दा बढी प्रभावित छ ।  यहाँ १६ लाख ७४ हजार ६ सय ५५ जना संक्रमित देखिएका छन भने ६६ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ ।  

राष्ट्रपति ज्यायर बोलसनोरोले संक्रमण रोक्नको लागि गरिएको लकडाउनको विरोध गरेका थिए । उनले आर्थिक संकट र देशको अर्थतन्त्रका बारे बढी चिन्तित थिए । सामाजिक दूरी पनि पालना गरेका थिएनन । 

प्रतिक्रिया दिनुहोस