aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

यी दुई औषधि बिक्री वितरणमा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
यी दुई औषधि बिक्री वितरणमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै अनुगमनका क्रममा दुई औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न भनेको छ । 

विभागले मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) नामक औषधिहरुको बिक्री वितरण रोक लगाएको हो । विभागले यी औषधिहरु बिक्री वितरणका साथै सिफारिस तथा प्रयोग नगर्न/नगराउन अनुरोध गरेको छ । यी दुवै औषधिहरु लोमस फर्मास्युटिकल्स प्रालिका उत्पादनहरु हुन् ।

प्रतिक्रिया दिनुहोस