काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।
काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो ।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख सापकोटा स्वयंले व्यहोरेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस