aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतको संकगगस्त बैंकले पनि एफपीओ मार्फत १५ हजार करोड पुँजी जुटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
भारतको संकगगस्त बैंकले पनि एफपीओ मार्फत १५ हजार करोड पुँजी जुटायो

एजेन्सी । भारतको समस्याग्रस्त बैंक एस बैंकले १५ हजार करोड भारु बराबरको पुँजी जुटाने भएको छ । फरद पब्लिक अफर (एफपीओ) को माध्यमबाट बैंकले उक्त पुँजी जुटाउन संकटग्रस्त बैंक व्यवस्थापनले अनुमति दिएको छ । बैंकमा लगानीका लागि लगानीकर्तालाई सस्तो र  राम्रो अवसर हुने अनुमान गरिएको छ ।

मिडिया रिपोर्टहरूका अनुसार एस बैंकको एफपीओको सम्भावित मूल्य ४५ देखि ५५ प्रतिशतसम्मको छुटमा पाउन सकिने उल्लेख गरेका छन् । अहिलेको बजारदरभन्दा आधा दरमा उपलब्ध हुनेछन् । यो खबर आइसकेपछि बुधवार हो, यस बैंकको सेयर करीब २ प्रतिशतले बढेको छ । 

यो पुँजी पाएपछि बैंकको पुँजी पर्याप्तता १० प्रतिशतले बढ्ने छ ।  बैंकको मार्केट क्याप करिब ३२,३१७ करोड भारु छ । बैंकले चाँडै एफपीओका लागि आवश्यक कागजातहरू बजार नियामक सेबी र कम्पनीका रजिस्ट्रारमा पेश गर्नेछ । 

प्रतिक्रिया दिनुहोस