aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भोलिदेखि १४ दिनसम्म लकडाउन लागू गर्ने पश्चिम बंगाल सरकारकाे निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
भोलिदेखि १४ दिनसम्म लकडाउन लागू गर्ने  पश्चिम बंगाल सरकारकाे निर्णय

एजेन्सी । भारतको पश्चिम बंगालको ममता बनर्जी सरकारले द्रुत गतिले बढिरहेको कोरोना संक्रमण रोक्न राजधानी कोलकातालगायत थुप्रै कन्टेनर जोनमा ९ जुलाईदेखि १४ दिनसम्म कडा लकडाउन गर्ने निर्णय गरेको छ ।

गृह सचिव अलापन बनर्जीले मंगलबार यस बारेमा जानकारी दिएका हुन् । राज्य सरकारको अपीलमा केन्द्रीय सरकारले देशको संक्रमित क्षेत्रबाट कोलकाता जाने रेलहरूको संख्या घटाउने निर्णय गरेको छ।

रेल कटौतीको निर्णय भने १० जुलाई देखि लागू हुनेछ। यसको अन्तर्गत कोलकातादेखि दिल्ली, मुम्बई र अहमदाबाद बीच चल्ने विशेष रेलहरू हप्तामा एक दिन चल्नेछन्। यसका साथ सरकारले कोलकाता र मालदाको १९ क्षेत्रमा कडाईका साथ लकडाउन लागू गर्ने निर्णय गरेको एक वरिष्ठ सरकारी अधिकारीले जानकारी दिएका छन् ।

यो भन्दा पहिला चार राज्यका छ वटा शहरबाट उडानहरूको आवागमन सोमबार देखि दुई हप्ताका लागि रोकिएको छ। मंगलबार, राज्यमा ८ सय ५० नयाँ बिरामीहरू देखा परेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २५ कोरोना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ८ सय ४ पुगेको छ ।

ममता बनर्जी सरकारले नौ जुलाई साँझ ५ बजेदेखि तालाबन्दी गर्न आदेश दिएका छन र सरकारको यो निर्णयसँगै राज्यको कन्टेन्ट जोन र बफर जोनमा कडा लकाउन हुनेछ। गृह सचिव अलापन बनर्जीले जारी गरेको आदेशले विशेष निगरानी गर्ने क्षेत्रहरुमा कडाइका साथ लकडाउन हुने बताएको छ ।

त्यस अवधिमा सबै सरकारी र निजी कार्यालयहरू, गैर आवश्यक गतिविधिहरू, समारोहहरू, यातायात, सबै बजार, औद्योगिक र व्यावसायिक गतिविधिहरू बन्द रहनेछन् ।

प्रतिक्रिया दिनुहोस