
एजेन्सी । भारतमा अहिले चीनसँग जोडिएका हरेक बस्तु तथा सेवाको बहिष्कार अभियान चलिरहेको छ । कन्फेडेरेसन अफ अल इण्डिया ट्रेडर्स (क्याट) ले जुमबाट कनफरेन्स नगर्ने घोषणा गरेको छ । उनीहरूले जूम भिडियो कन्फरेन्सिंग एप प्रयोग नगर्ने घोषणा गरेको छ । यद्यपि, जुम एप अमेरिकाबाट सञ्चालित छ, तर क्याटका अनुसार यो चीनसँग पनि सम्बन्धित रहेको बताएका छन । क्याट एक संस्था हो जुन भारतमा सात करोड व्यापारीहरूको प्रतिनिधित्व गर्ने गरेका छन् ।
क्याटले देश भरका व्यापारीहरूसँग कुराकानी गर्न प्रयोग भइरहेको जूम एप बहिष्कार गरेका छन् । क्याटले यसको सट्टामा भारतको जियोमिट मार्फत कुराकानी गर्न भनेका छन्। यसको साथसाथै क्याटले भारतभरीका व्यापारी र व्यापारीक संगठनहरूलाई जुमलाई उनीहरूको सञ्चारको प्लेटफर्मको रूपमा प्रयोग नगर्न सल्लाह दिएको छ । यद्यपि क्याटको टेक्नोलोजी टोलीले अन्य उपलब्ध एपहरूको पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटका राष्ट्रिय अध्यक्ष बीसी भारतीया र राष्ट्रिय महासचिव प्रवीण खण्डेलवालले भने कि क्याटको यो निर्णय सबै पक्षलाई ध्यानमा राखी लिइएको हो । यद्यपि, जुम एक अमेरिकी एप हो, तर प्राप्त जानकारी अनुसार, जुमको धेरै डाटा चीनको माध्यमबाट जाने पाइएको बताइएको छ । केहि जुम सर्भरहरू चीनमा पनि छन्, जुन डाटा लीक हुने खतरा रहेको उनीहरुको बुझाइ छ ।
क्याटको तर्फबाट यो भनिएको थियो कि वर्तमान अवस्थामा व्यापारी र देशका अन्य वर्गले चीनको विरूद्ध आर्थिक लडाईं लडेका छन् । यस लडाईमा डाटाको ठूलो महत्व हुन्छ । यस्तो अवस्थामा हामी प्रत्येक त्यस्तो स्रोतलाई हटाउन चाहन्छौं जसको माध्यमबाट भारतको डाटा देशमै बस्नुको सट्टा बाहिर जान सक्ने सम्भावना हुन्छ ।
प्रतिक्रिया दिनुहोस